‘आइएमई पे’मा अन्तर्राष्ट्रिय रेमिटेन्स प्राप्त गर्दा हरेक हप्ता स्मार्टफोन पाइने

‘आइएमई पे’मा अन्तर्राष्ट्रिय रेमिटेन्स प्राप्त गर्दा हरेक हप्ता स्मार्टफोन पाइने

काठमाडौं : विदेशबाट पठाइएको रेमिटेन्सको रकम ‘आइएमई पे’ वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउने भएका छन्।

आइएमई पेले साउन १ गते देखि एक महिनाको लागि ‘रेमिटेन्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय रेमिटेन्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको छ।

अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिने कम्पनिले जनाएको छ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय  माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिटेन्स प्राप्त गरी विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको कम्पनीको दाबी छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

हाल २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको छ।

साउन ५, २०८० शुक्रबार १४:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।