जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी महिला मृत फेला

सर्लाही : मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
मृत भेटिएकी महिला चक्रघटा गाउँपालिका-८ औरही कि ४० वर्षीय हजरत खातुन रहेकी प्रहरीले जनाएको छ।
खातुनलाई सशस्त्र प्रहरीले गत साउन २ गते नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित झिलमिलिया माई बोर्डरबाट गहना र अवैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो।
उनको साथबाट प्रहरीले १८७.७७ ग्राम चाँदी र सुनका साथै ५ लाख ४ हजार नगद प्रहरीले बरामद गरेको थियो।
गएराति खातुनले हिरासत कक्षमा रहेको शौचालयमा आत्महत्या गरेकी प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको र यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन ५, २०८० शुक्रबार ११:१६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।