दराजले गर्यो ‘महाबचत बजार’ को घोषणा

काठमाडौँ : दराज नेपालले २०२३ को लागि ७० प्रतिशतसम्म छुटको अफरसहितको ‘महाबचत बजार’ को घोषणा गरेको छ। दराजले अनलाइन सपिङमा अफरसँगै सहज अनलाइन सपिङका लागि ई-सेवा, आइएमई पे र अन्य बैङ्क मार्फत प्रि-पेमेन्ट्को व्यवस्था गरेको जानकारी दिएको छ।
यस्तो सेवाहरूमा ग्राहकहरूले १०% छुटदेखि अधिकतम १५% छुटसम्म पाउन सक्ने कम्पनीको दाबी छ। ग्राहक लक्षित रेफ्रिजेरेटर, टेलिभिजन, वासिङ मेसिन पुरस्कार गेटवे पुरस्कारको रूपमा राखेको दराजले जानकारी दिएको छ।
दराजकी मार्केटिङ हेड विधा प्रधानले महाबचत अभियानमा ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिएर बचत गर्न सकिने बताइन्। उनले दराज एपमा गएर सपिङ गर्न आग्रह गरिन्।
महाबचत बजार अभियानका लागि कम्पनीले सानिमा, एनआईसी एसिया,एनएमबि , कृषि विकास, नेपाल बैङ्क, नेपाल एसबिआई र कामना सेवा विकास बैङ्कसँग सहकार्य गरेकोको जानकारी दिएको छ।
साउन ४, २०८० बिहीबार १८:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।