यसरी लगिएको थियो तस्करीको सुन जोख्न (७ तस्बिर)

तस्बिर : फोटो लाइब्रेरी
काठमाडौं : राजस्व अनुसन्धान विभागले बिहीबार नेपाल राष्ट्र बैंक पुगेर अवैध रुपमा भित्रिएको सुन जोखेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको तौल जाँच गर्दा उक्त सुन राखेर ल्याइएको ‘ब्रेक शु’सहित १५५ किलो रहेको पाइएको छ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। अब राष्ट्र बैंकले सुन मात्र निकालेर जोख्नेछ। जसको परिमाण भने हालको भन्दा कम हुनेछ।
साउन ४, २०८० बिहीबार १७:२९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।