बरामद भएको सुन जोख्न नेपाल राष्ट्र बैंक लगियो

बरामद भएको सुन जोख्न नेपाल राष्ट्र बैंक लगियो

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद भएको सुन जोख्न नेपाल राष्ट्र बैंक लगिएको छ। 

भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको सुन राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबारराजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। यद्यपि उनीहरूको नाम खुलाइएको छैन। 

बरामद भएको सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरिएको छ। यो हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा बरामद भएको सुन हो। 

साउन ४, २०८० बिहीबार ११:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।