जापानलाई उछिन्दै सिंगापुर शक्तिशाली पासपोर्टको पहिलो स्थानमा, नेपाल उत्तर कोरियाभन्दा तल

काठमाडौँ : सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बनेको छ।
अर्थात् सिंगापुरका नागरिक बिनाभिसा १९२ देशको यात्रा गर्न सक्नेछन्। राहदानी र्याङ्किङ जारी गर्ने संस्था हेनली एन्ड पार्टनर्सले सन् २०२३ का लागि राहदानी सूचकांक जारी गरेको हो। जसमा दोस्रो स्थानमा जर्मनी, इटाली र स्पेन आइपुगेका छन्।
यसअघि पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रो स्थानमा झरेको छ। जापानसँगै तेस्रो स्थानमा अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन छन्।
जापान ५ वर्षयता सबैभन्दा शक्तिशाली राहदानीको पहिलो स्थानमा रहँदै आएको थियो।
नेपाल भने भने ९८ औं स्थानमा छ। नेपालसँगै प्यालेस्टाइन छ। नेपालका नागरिकले बिना भिसा ३८ वटा देश जान पाउनेछन्। नेपालभन्दा माथि ९७ औं स्थानमा उत्तर कोरिया रहेको छ।
यस्तै भारत वरीयताको ८० औं स्थानमा आइपुगेको छ। गत वर्ष भारत ८७ औं स्थानमा थियो। पाकिस्तानी भने वरीयताको १ सयौं स्थानमा छ।
कुन देशको पासपोर्ट कति शक्तिशाली ?
साउन ४, २०८० बिहीबार ०७:५०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।