सानिमा बैङ्क र दराजबिच 'दराज महाबचत योजनाका' मा सहकार्य, १५ प्रतिशतसम्म छुट

काठमाडौँ : सानिमा बैङ्कले अनलाइन सपिङको डिजिटल प्लेटफर्म दराजले ल्याएको 'दराज महा बचत योजनामा सहकार्य गरेको छ। सहकार्य अनुसार सानिमा बैङ्कको डेभिड र क्रेडिट कार्य प्रयोग गरेर किनमेल गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउन सक्ने छन्।
ग्राहकहरूले सानिमाको डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम एक हजारसम्मको छुट अनि क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम एक हजार पाँच सयसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार छुट पाउन ग्राहकहरूले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ। यसै गरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पाउन सक्नेछन्।
छुट पाउन ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्नेछ। यो योजना २०८० साउन ४ देखि १४ गतेसम्म ११ दिनकालागि लागू हुनेछ कम्पनीले जानकारी दिएको छ।
साउन ३, २०८० बुधबार १८:४१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।