ट्रु-मीका उत्पादन अब नेपाली बजारमा

काठमाडौं : अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रूपमा बिक्रिवितरण प्रारम्भ भएको छ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरू औपचारिक रूपमा सार्वजनिक गरे।
नेपालमा ‘ट्रु ड्रमा’का विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले औपचारिक रुपमा ट्रु–मीका उत्पादन समेत बिक्री वितिरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए।
‘ट्रु–मीका उत्पादन विगत तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरूप बिक्रि गर्दा सकारात्मक प्रतिक्रिया पायौँ, जसले हामीलाई थप उत्साही बनाएको छ,’ उनले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रूपमा सकारात्मक पायौं।’
नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाका सामग्री गुणस्तरिय र प्रभावकारी हुने भएकाले आफू ब्रान्डसँग जोडिएको बताइन्। उनले गुणस्तरीय उत्पादन नेपाल भित्र्याएकोमा अध्यक्ष मुरारकतार्ला धन्यवाद दिइन्।
अर्की ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेशलिस्ट रुश्का वैद्य श्रेष्ठले ट्रु मीद्वारा उत्पादित सामग्रीमा कुनै हानिकारक पदार्थ नभएकाले सबैलाई प्रयोग गर्न सुझाव दिइन्।
यसका उत्पादन क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको छालाका विशेषज्ञले समेत सिफारिस गरेको उनको भनाइ छ।
नेपाली बजारमा ट्रु–मीका क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध छन्।
त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन, ओवाटोन पपया कलेक्सन, मिक्स फ्रुट्स कलेक्सन, डायमन कलेक्सन ,स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन्।
साउन २, २०८० मंगलबार १७:५७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।