नागढुंगा सुरुङ मार्गको निर्माण ९० प्रतिशत सकियो ( पाँच तस्बिर)

काठमाडौँ : नागढुङ्गा सुरुङ मार्गको निर्माणको काम ९० प्रतिशत पूरा भएको छ। थानकोटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको सुरुङ मार्गको निर्माणको काम ९० प्रतिशत पुरा भएको स्थलगत अवलोकनमा जानकारी गराइयो।
मङ्गलवार बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित सुरुङ मार्गको अवलोकनका लागि सुरुङ मार्गमा पुगेका थिए।
४४ महिनामा आयोजना सक्ने गरी २०७६ कात्तिकबाट सुरुङ निर्माणको काम सुरु भएको थियो। जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागतमा सुरुङ निर्माणको काम सुरु भएको हो। सुरुङ निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको थियो।
साउन २, २०८० मंगलबार १६:५४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।