अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी उत्पादन बजारमा

काठमाडौँ : अमेरिकी प्रविधिबाट उत्पादित ट्रुमीका व्यावसायिक उत्पादन नेपाली बजारमा बिक्री सुरु भएको छ। काठमाडौँमा एक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु मीका विभिन्न उत्पादनहरूको सार्वजनिक गरेका थिए।
नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रालिका अध्यक्ष मुरारकाले सोमबार देशभरि बिक्री प्रारम्भ भएको जानकारी दिए।
कम्पनीले ‘ट्रु–मीका उत्पादनहरूलाई बितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण बिक्री गरेको थियो। बजारबाट सकारात्मक प्रतिक्रिया आएकाले बजार विस्तारका लागि थप उत्साहित भएको ट्रु ड्रमा एसएका अध्यक्ष मुरारकाले बताए।
‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत सकारात्मक पायौँ’ उनले भने।
नायिका खड्काले अमेरिकन प्रविधिबाट उत्पादित सामाग्री भएकाले गुणस्तरीय र प्रभावकारी रहेको बताइन्। उनले ट्रुमीका गुणस्तरीय उत्पादन नेपालमा ल्याएकोमा मुरारकालाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै ट्रुमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको अनि छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वसनीय रहेको बताइन्।
कार्यक्रममा दिइएको जानकारी अनुसार नेपाली बजारमा आधिकारिक रूपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन्। बजारमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर,डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),ओवाटोन पपया कलेक्सन(फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),मिक्स फ्रुट्स कलेक्सन(फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क),स्किन ह्वाईटनिङ्ग प्रडक्ट(फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन्।
ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीको भनाइ छ।
साउन २, २०८० मंगलबार १६:३८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।