बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार

बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा बढेको छ।

सोमबार पनि बढेको बजार परिसूचक नेप्से मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ। यस्तै क वर्गका कम्पनीको परिसूचक सेन्सेटिभ ३.०४ अंकले बढेर ४०७.१३ पुगेको छ।

१३ उपसूचक समूहमध्ये मंगलबार छ समूह ओरालो लाग्दा बाँकी सात समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूहले १.५५ प्रतिशतले कमाएको छ।

उता होटल तथा पर्यटन समूह १.४५ प्रशितले ओरालो लागेको छ।

नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ। २५५ कम्पनीका ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबारकै हिसाबले स्वाभलम्बन लघुवित्त २१ करोड ७७ लाखसहित पहिलो, शिवम् सिमेन्ट १७ करोड ९८ लाखसहित दोस्रो र हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाखसहित तेस्रो स्थानमा छन्।

यस्तै बीपीडब्लु लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्समा यसदिन सकारात्मक सर्किट लाग्यो। यसदिन १०१ कम्पनीले कमाउँदा १०६ कम्पनीले गुमाए र १० कम्पनी स्थिर रहे।

साउन २, २०८० मंगलबार १५:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।