नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्रीले भेटे ओली, एमसीसी पास गरेको भन्दै दिए धन्यवाद

काठमाडौँ :अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार एमाले पार्टी मुख्यालय च्यासलमा भएको भेटमा लुले नेपालको संसदले एमसीसी पास गरेको भन्दै धन्यवाद दिएका थिए।
साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा उच्च अधिकारीहरू नेपाल आउने जानकारी गराएका एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
शुक्रबार मात्र काठमाडौंका आएका लुले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
लु यसअघि एमसीसी परियोजना संसदबाट पारित हुने क्रममा रहेका बेला पनि नेपाल आएका थिए। त्यसपछि एमसीसी संसदबाट पारित भएपछि पनि उनले नेपाल भ्रमण गरेका थिए।
असार ३०, २०८० शनिबार ०८:०५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।