असार मसान्त भइसक्दा पनि सरकारले दिएन भुक्तानी, निर्माण व्यवसायीहरू धर्नामा

असार मसान्त भइसक्दा पनि सरकारले दिएन भुक्तानी, निर्माण व्यवसायीहरू धर्नामा

काठमाडौं : असार मसान्त भइसक्दा पनि सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नेपाल सरकारबाट निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ विरोधमा उत्रिएको हो। 

व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको भन्दै तत्काल रकम उपलब्ध गराउन माग गरेका छन् भने सरकारले भुक्तानी गर्न नसके तत्काल त्यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने माग राखेका छन्।

असार २९, २०८० शुक्रबार १३:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।