
बिहीबार ०५ भदौ, २०८२
घरको ढोका लगाउँदा चट्याङ लागेर डोटीमा ६६ वर्षीय वृद्धको मृत्यु

डोटी : डोटीमा बिहीबार दिउँसो चट्याङ लागेर एक जना ६६ वर्षीय वृद्धको मृत्यु भएको छ।
बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए।
निजका छोरा सुरेश बोहराका अनुसार दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको हो। चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका ६ वटा बाख्रा पनि मरेका छन्।
असार २८, २०८० बिहीबार १७:१५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।