साताको अन्तिम दिन दोहोरो अंकले घट्यो बजार, तीन बैंकको डिभेन्चरमा सर्किट

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।
बुधबार दोहोरो अंकले बढेको बजारमा बिहीबार करेक्सन आएको हो। यसदिन नेप्से १२ अंकले घटेर २०८४ विन्दुमा झर्दा सेन्सेटिभ पसिरसूचक ०.९ अंकले घटेर ३९१ विन्दुमा छ।
म्युचल फन्ड, होटल तथा पर्यटन र बैंक उपसूचक समूह झिनो अंकले बढ्दा १३ मध्ये १० उपसूचक राताम्मे भएका छन्।
बजार दोहोरो अंकले घटे पनि त्यसले कारोबारमा भने खासै असर गरेन। बुधबारको तुलनामा कारोबार बढेको देखिन्छ।
यसदिन २९६ कम्पनीका ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भयो।
बिहीबार एनएमबी, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट गरी तीन बैंकको डिभेन्चरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो।
करोबारको हिसाबले शिवम् सिमेन्ट २३ करोडका साथ पहिलो स्थानमा रहँदा सोल्टी होटल १७ करोडसहित दोस्रो स्थानमा छ।
असार २८, २०८० बिहीबार १५:५७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।