गुल्मीमा चट्याङ लागेर बालिकाको मृत्यु

गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्लेमा चट्याङ लागेर बुधबार साँझ एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेग बहादुर बलालकी छोरी १५ वर्षीया टिका बलाल रहेकी छन्।
बलाल आफ्नै घरमा काम गरिरहेको अवस्थामा चट्याङ लागेको हो।
चट्याङ लागेर गम्भीर घाइते भएकी उनको बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्र बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
असार २८, २०८० बिहीबार १४:१८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।