अभद्र व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा

काठमाडौँ : सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गरेको आरोपमा १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्। काठमाडौँ महानगरपालिकाले ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ भने स्थायी रहेका ५ जना निलम्बनमा परेका छन्।
सडक पेटीमा व्यापार गर्नेलाई हटाउनेक्रममा नगर प्रहरीले गरेको अमानवीय व्यवहारको क्लिपले सामाजिक सञ्जाल भरिएका छन्। पटक-पटक विरोध भए पनि नगर प्रहरीको व्यवहार भने बदलिएको छैन।
सामान खोस्ने, लडाउने, घरभित्रै छिरेर सामान ल्याउनेदेखि कुटपिटसम्मका दृश्यहरू सार्वजनिक भएका छन्। महानगर प्रहरीको व्यवहारको विरोधमा बुधवार महानगर कार्यालय बाहिर विरोध प्रदर्शन समेत हुँदैछ।
असार २६, २०८० मंगलबार १९:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।