शेयर बजारमा सामान्य गिरावट, कारोबार पनि खुम्चियो

शेयर बजारमा सामान्य गिरावट, कारोबार पनि खुम्चियो

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ।

मंगलबार नेप्से ४.७३ अंकले ओरालो लागेर २०७२ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.२५ अंकले बढेर ३८८.८६ विन्दुमा पुगेको छ।

१३ मध्ये चार उपसूचकबाहेक अन्य सबै राताम्मे छन्। विकास बैंक उपसूचक ३.४२ प्रतिशतले बढ्दा फाइनान्स समूह २.९९ प्रतिशतले उकालो लागेको छ। ओरालो लाग्नेहरू त्यति धेरै घटेका छैनन्।

नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ३ अर्बमाथिको कारोबार भएकोमा मंगलबार भने २८३ कम्पनीका ७९ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोडको कारोबार भयो।

कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्स १२ करोड ७८ लाख र शिवम् सिमेन्टले १२ करोड ५४ लाखको कारोबार गर्यो। तेस्रो स्थानमा सोल्टी होटलले १० करोड रुपैयाँको कारोबार गर्यो।

यस दिन हिमालयन पावर पार्टनर लिमिटेड, एनआईबीएल समृद्धि फण्ड, रावा इनर्जी लिमिटेड, लिब्रटी इनर्जी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लाग्यो।

असार २६, २०८० मंगलबार १६:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।