प्रधानमन्त्री कप भलिबल : एपिएफको लगातार तेस्रो जित

काठमाडौं : राजधानीमा जारी सातौं संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ।
जारी लिगमा एपिएफको यो लगातार तेस्रो जित हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा मंगलबार भएको पहिलो खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
एपिएफले खेलको पहिलो सेट २५–९, दोस्रो सेट २५–१२ र खेलको तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो। यस जितसँगै एपिएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ।
तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्षस्थानमा छ ।
एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो। एभरेष्टको भने यो लगातार तेस्रो हार हो।
असार २६, २०८० मंगलबार १३:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।