नेपालपे र स्मार्ट क्युआरको अन्तर आबद्ध सेवा सुरु

काठमाडौँ : नेपालपे र स्मार्ट क्युआरले नेटवर्कस्तरमा अन्तर आबद्ध भई सेवा सुरु गरेका छन्। आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैङ्क तथा वालेटका प्रतिनिधिहरूले स्मार्ट क्युआर र नेपालपे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको सुरु गरेका हुन्।
कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूँ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि उपस्थित थिए।
क्युआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तर आबद्धतासहित सञ्चालनकालागि सहकार्य भएसँगै नेपालपे क्युआरमार्फत आबद्ध भएका विभिन्न मोबाइल बैकिंग, वालेट र कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्ध सम्पूर्ण दुई लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
यसैगरि , स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैङ्किङ र वालेटहरूले नेपालपे क्युआर नेटवर्कमा आबद्ध तीन लाख पचास हजारभन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
असार २५, २०८० सोमबार १६:०९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।