शेयर बजार लगभग स्थिर, कारोबार भने पौने चार अर्बको

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजार लगभग स्थिर भयो।
सोमबार नेप्से ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झर्दा ‘क’ वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेर ३८८.६२ विन्दुमा चढ्यो।
१३ उपसूचक समूहहरूमध्ये ६ समूह ओरालो लाग्दा बाँकी ७ समूह उकालो लागे, त्यो पनि झिनो अंकले। फाइनान्स समूहमा २.७१ प्रतिशतले हरियाली छाउँदा होटल तथा पर्यटन समूह १.७२ प्रतिशतले रातो भयो।
यसदिन २९३ कम्पनीका १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भयो।
कारोबारका हिसाबले यसदिन सोल्टी होटल ३३ करोडका साथ पहिलो स्थानमा रहँदा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाखसहित दोस्रो स्थानमा छ।
यसदिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडमा सकरात्मक सर्किट लाग्यो।
सोमबार कारोबार भएकामध्ये ११२ कम्पनी नोक्सानमा जाँदा १०१ कम्पनीले नाफा कमाए भने बजारमा ११ कम्पनी स्थिर रहे।
असार २५, २०८० सोमबार १५:१०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।