विदेशी मुद्रा सञ्चिति १५ खर्ब नजिक, गत वर्षको तुलनामा २१.८ प्रतिशतको वृद्धि

विदेशी मुद्रा सञ्चिति १५ खर्ब नजिक, गत वर्षको तुलनामा २१.८ प्रतिशतको वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भएको हो।

गत वर्ष असारमा यस्तो सञ्चिति रु १२ खर्ब १५ अर्ब ८० करोड थियो। अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५  प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ। 

जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ। 

त्यसैगरी चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ। प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो।

असार २५, २०८० सोमबार १३:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।