११ महिनामा भित्रियो ११ खर्ब १२ अर्बको रेमिटेन्स, ४६ प्रतिशतले बढ्यो श्रम स्वीकृति लिनेको संख्या

काठमाडौं : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशमा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ।
पछिल्लो ११ महिनामा रेमिटेन्समा २२.७ प्रतिशतको वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिटेन्समा ४१ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा अमेरिकी डलरमा आउने रेमिटेन्स १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ।
असार २५, २०८० सोमबार १२:२२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।