आरिफले इमर्जिङ एसिया कप नखेल्ने, पवन सरार्फलाई टिममा बोलाइयो

काठमाडौं : नेपाली क्रिकेट टिमका ब्याटर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
यसै सातादेखि श्रीलंकामा हुने प्रतियोगितामा आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फलाई टिममा बोलाइएको छ।
नेपाल क्रिकेट संघका अनुसार पारिवारिक कारणले आरिफले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्।पवनले भने १० महिनापछि नेपाली टिममा मौका पाएका हुन्।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले समूह चरणमा भारत, पाकिस्तान र युएईको ए टिमसँग खेल्दैछ।
असार २५, २०८० सोमबार १२:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।