लघुवित्त मर्जर कार्यक्रममा अर्थमन्त्री महतले भने, 'लघुवित्तले लक्ष्य बिर्सनु हुँदैन'

लघुवित्त मर्जर कार्यक्रममा अर्थमन्त्री महतले भने, 'लघुवित्तले लक्ष्य बिर्सनु हुँदैन'
फाइल तस्वीर

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन्। 

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा मन्त्री डा. महतले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनीभूत हुनेछ।’ 

मन्त्री महतले थपे, 'नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ, एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने मलाई विश्वास छ।’

‘सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने भनिरहेका छौं, त्यसका धेरै सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई यो साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ’, मन्त्री महतले भने, ‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ। स्थानीय सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीका सञ्चालकहरू हुन्। सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो। तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए। जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो।’

यो साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुनेछ र देशकै उदारणीय रुपमा यो प्रस्तुत हुने विश्वास व्यक्त गर्दै मन्त्री महतले स्वाभाविक रुपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौती भनेको यसको ब्याज रहेको बताए। 

असार २४, २०८० आइतबार २०:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।