दोहोरो अंकले बढ्यो नेप्से, सबै उपसमूह हरियो

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २८.३८ अंकले बढेर २०७७.७६ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अङ्कले उकालो लागेर ३८८. ५१ मा पुगेको छ। त्यस्तै, कारोबार भएका सबै १३ उपसमूहको सेयर मूल्यमा नै आज उकालो लागेको छ।
आज कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भए।
यस दिन कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रकम बराबरको कारोबार भएको छ।
असार २४, २०८० आइतबार १५:५४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।