
बिहीबार ०५ भदौ, २०८२
राति सुतिरहेको बेला घर भत्किंदा डोटीमा एक महिलाको मृत्यु

फाइल फोटो
दिपायल : डोटीमा गए राति घर भत्किंदा एक महिलाको मृत्यु भएको छ। घर भत्किंदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किंदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।
प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव शनिबार बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।
असार २३, २०८० शनिबार ११:५९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।