६ वर्षभित्र बेरोजगारीको संख्या तीन लाखमा झार्ने सरकारको लक्ष्य

काठमाडौं : सरकारले आगामी ६ वर्षभित्र बेरोजगारीको संख्या तीन लाखमा झार्ने लक्ष्यसहितको योजना लिएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले समग्र मानव संसाधन विकास योजना तर्जुमा अगाडि बढाउँदै छ।
मुलुकभित्रै रोजगारी सिर्जना गरी बेरोजगारीको संख्या कम गर्ने योजना राखिएको छ।
जसका लागि आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संसाधन विकास योजनासम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो।
देशमा हाल करिब नौ लाख बेरोजगार रहेकोमा वि. सं २०८६ सम्म तीन लाखमा झार्ने, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सीपमूलक तालिमको विस्तार गर्ने लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको छ।
पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालय लगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो।
निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल समेत सदस्य छन्।
असार २१, २०८० बिहीबार १६:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।