साताको अन्तिम दिन शेयर बजार लगभग स्थिर, कारोबार भने ३ अर्ब

साताको अन्तिम दिन शेयर बजार लगभग स्थिर, कारोबार भने ३ अर्ब

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजार लगभग स्थिर भएको छ।

बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दु पुग्दा सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ३८२.१६ विन्दुमा झरेको छ।

१३ उपसूचक समूहमध्ये सात समूह राताम्मे हुँदा छ समूहमा हरियाली छाएको छ। यद्यपित ती हरियाली पनि थोरै अंकका मात्रैै छन्।

घटबढका बीच लगभग स्थिर अवस्थामा बन्द भएको बजारमा २८० कम्पनीका ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँको कारोबार भयो।

शिवम् सिमेन्ट १८ करोडको कारोबार गर्दै पहिलो स्थानमा रहँदा प्रभु बैंकको प्रोमोटर शेयरको कारोबार १६ करोडको भयो। तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स १५ करोडको कारोबार गर्यो।

सिटी होटल, रावा इनर्जी, अपर तामाकोसीले बजारमा सकारात्मक सर्किट हान्दा मोदी इनर्जीले नकारात्मक सर्किट हानेको छ।

असार २१, २०८० बिहीबार १५:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।