४५ हजार घुस लिँदा-लिँदै समातिए इन्जिनियर यादव

४५ हजार घुस लिँदा-लिँदै समातिए इन्जिनियर यादव

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४५ हजार रूपैयाँ घुससहित कोटहीमाई गाउँपालिकाका एक इन्जिनियरलाई पक्राउ गरेको छ।

कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले ४५ हजार रूपैयाँ घुससहित आयोगको टोलीले पक्राउ गरेको हो।

कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी र ग्राबेल गर्ने कार्यको नापजाँच पश्चात सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा-लिँदै यादवलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

असार २०, २०८० बुधबार १९:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।