नेप्सेमा दोहोरो अंकको वृद्धि, होटल क्षेत्रमा झुम्मिए लगानीकर्ता

नेप्सेमा दोहोरो अंकको वृद्धि, होटल क्षेत्रमा झुम्मिए लगानीकर्ता

काठमाडौं :  साताको सुरुवाती दुई दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार (आज) दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंकमा पुगेर रोकिएको छ। 

मंगलबार नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १३३.३४ र अंकले बढेको छ। 

सिटी होटल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

आज विभिन्न २८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ।

असार १९, २०८० मंगलबार १७:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।