सन्त भवन निर्माणका लागि एसबिआई बैंकको आर्थिक सहयोग

सन्त भवन निर्माणका लागि एसबिआई बैंकको आर्थिक सहयोग

काठमाडौं : नेपाल एसबिआई बैंकको दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ।

बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँ मार्फत असार १७ गते एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले रकम वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेका हुन्।

सहयोग स्वरूप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबाले बताए।

बैंक ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

असार १९, २०८० मंगलबार १५:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।