एनएमबि बैंकद्वारा नि:शुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड अफर घोषणा

एनएमबि बैंकद्वारा नि:शुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड अफर घोषणा

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई अफर घोषणा गरेको छ।

ग्राहकले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन्। यो अफर श्रावण मसान्तसम्म लागू हुनेछ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकलाई नि:शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ।

बैंकका नयाँ वा विद्यमान ग्राहकले कुनै पनि शुल्कविना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

असार १९, २०८० मंगलबार १५:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।