राष्ट्र बैंकले स्थापना गर्यो लघुवित्त गुनासो इकाइ

काठमाडौं : लघुवित्त सम्बन्धी गुनासो बढेपछि सुनुवाई गर्न नेपाल राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाई डेक्स सञ्चालनमा ल्याएको छ।
राष्ट्र बैंकबाट इजाजत पाएका घ वर्गका लघसवित्तर संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवालाहरुको गुनासो सम्बोधन गर्न लघुवित्त संस्था सुपरिवेक्षण विभागले गुनासो सुनुवाई डेक्स सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार लघुवित्तबारे कुनै गुनासो भए पैसा नलाग्ने टोल फ्री नम्बर १८१०५००००२२ मा वा इमेल [email protected] मार्फत कार्यालय समयमा जानकारी गराउन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ।
असार १८, २०८० सोमबार १९:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।