२१ अंकले ओरालो लाग्यो नेप्से, यी तीन कम्पनीमा सकारात्मक सर्किट

२१ अंकले ओरालो लाग्यो नेप्से, यी तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिने शेयर बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेको छ।

सोमबार नेप्से २१.३२ अंकले ओरालो लागेर २०७५.९७ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ४.१७ अंकले ओरालो लागेर ३८६.३५ विन्दुमा छ।

यसदिन २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १० लाखको कारोबार भयो।

कारोबारको हिसाबले सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स हुँदा दोस्रोमा सोल्टी होटल छ।

यी दुई कम्पनीको शेयर बजारमा क्रमशः २३ करोड र २० करोडको कारोबार हुँदा नागरिक लगानी कोष तेस्रो स्थानमा रहँदै २० करोडको कारोबार गर्यो।

उपसूचक समूह हेर्दा जम्मा दुई समूह होटल तथा पर्यटन र व्यापार समूह मात्र सकारात्मक देखिए। त्यसबाहेकका ११ उपसूचक समूह सबै राताम्मे छन्।

बजार दोहोरो अंकले ओरालो लाग्दा पनि यस दिन तीन कम्पनी सीवाईसी नेपाल लघुवित्त, वीपीडब्लू लघुवित्त र सिटी होटलका लगानीकर्ताले १० प्रतिशतले कमाए।

असार १८, २०८० सोमबार १५:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।