जीडब्लूएमका गाडी खरिदमा अब नबिल बैंकको फाइनान्सिङ सुविधा

जीडब्लूएमका गाडी खरिदमा अब नबिल बैंकको फाइनान्सिङ सुविधा

काठमाडौं : नेपालमा जीडब्लूएमका गाडीहरु खरिद गर्नका लागि अब नबिल बैंकले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ।

जीडब्लूएम सवारीसाधनहरुको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्सले नबिल बैंक लिमिटेडसँग यसका इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको हो।

भिजी इम्पेक्स-जीडब्लूएम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरे।

यस सम्झौता अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनै पनि जीडब्लूएम गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन्।

नबिल बैंकले आईसीई मोडललाई १२.९०% र ईभीको लागि १२.१५% ब्याजदरमा ५०% सम्म अटो कर्जा उपलब्ध गराउने भएको छ। दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ।

दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले आफूलाई मनपर्ने जीडब्लूएम गाडी सजिलै प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। 

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जीडब्लूएमको स्वामित्वलाई अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ।

असार १६, २०८० शनिबार १८:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।