यो साता ‘आइएमई पे’बाट पानी र बिजुलीको बिल तिर्दा छुट पाइने

काठमाडौं : ‘आइएमई पे’ ले असारको तेस्रो साताभरका लागि पानी र बिजुलीमा ‘क्यासब्याकको वर्षा’ नामको नयाँ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्। एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउने छन्।
साथै ग्राहकवर्गलाई बिजुलीको बिल आइएमई पेमार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा पनि छुट दिइने भएको छ। यो अफर असार १७ देखि २३ सम्म एक हप्ताका लागि चल्नेछ।
सो क्यासब्याक एवं छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।
‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको छ।
असार १६, २०८० शनिबार १७:५०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।