नेपालमै उत्पादित प्राइम टाइल्स बजारमा, अन्तर्राष्ट्रिय स्तरको टायल सस्तोमा पाइने कम्पनीको दाबी

नेपालमै उत्पादित प्राइम टाइल्स बजारमा, अन्तर्राष्ट्रिय स्तरको टायल सस्तोमा पाइने कम्पनीको दाबी

काठमाडौं : नेपालमै उत्पादित प्राइम टाइल्स बिहीबारदेखि बजारमा आएको छ। प्राइम सेरामिक्स प्रालिले आफ्नो उत्पादन ‘प्राइम टाइल्स विथ स्टाइल’ लाई  बिक्री वितरणमा ल्याएको हो।

भुईं र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो। नयाँ तथा आकर्षक डिजाइन युक्त टायलको उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले अन्तर्राष्ट्रियस्तरको टायल सुपथ मूल्यमा बिक्री वितरण गर्ने जनाएको छ।

यस कम्पनीले अन्य आयातित टायलभन्दा १५/२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने बताएको छ। 

प्राइम सेरामिक्स प्रालिले रौतहट स्थित वृन्दावन नगरपालीका–६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योग स्थापना गरेको छ। 

विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी साक्मिको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले अन्तराष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको रहेको बताइएको छ।

हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेकोमा यस उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्ने योजना लिएको छ।

कम्पनीको हाल अधिकतम २×४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईंमा लाग्ने टाइल उत्पादन गर्ने योजना छ। दैनिक डेढ लाख बर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्द्धित प्राइम सेरामिक्स प्रालिको कुल लगानी दुई अर्ब रुपैयाँ रहेको छ।

असार १५, २०८० शुक्रबार १६:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।