लहानमा खुल्यो एनसेलको नयाँ सेन्टर

काठमाडौं : एनसेलले लहानको शहीद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ।
आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्व स्तरीय सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले एनसेल आजियाटा लिमिटेडले लहानमा पनि नयाँ सेन्टर खोलेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रमबीच बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरे। बिहीबारदेखि नै यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ।
एनसेलले आफ्नो ब्राण्डको बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरूप स्थापना गरेको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन्।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्ने, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।
‘हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो,’ जाब्बोरले भने, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्व स्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो।’
हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ। यस अघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।
आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ।
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।
एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।
असार १५, २०८० शुक्रबार १५:३४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।