२४ जीवी र्‍याम भएको स्मार्ट फोन ल्याउँदै रेडम्याजिक

२४ जीवी र्‍याम भएको स्मार्ट फोन ल्याउँदै रेडम्याजिक

काठमाडौँ : रेडम्याजिकले एटएस प्रो मोडेलको स्मार्ट फोनमा २४ जीवी र्याम राख्ने भएको छ। कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विइबोमा गरेको पोस्टमा नयाँ मोडेलको स्मार्टफोनमा २४ जीवी र्याम राखिने उल्लेख गरेको छ।

एट एस प्रोमा रहने २४ जीवी र्याम भर्चुअल वा भौतिक के हुनेबारे भने उसको पोस्ट त्यति प्रस्ट उल्लेख गरिएको छैन। उसले आगामी जुलाई ५ मा चिनियाँ बजारमा सो मोडल सार्वजनिक गर्ने उल्ले गरेको छ।

स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो स्मार्टफोनमा ८ देखि १६ जीवी र्याम राख्ने गरेका छन्। कम्पनीबिच आफ्नो मोडलमा र्याम बढाउने प्रतिस्पर्धा भने देखिन्छ।

असार १४, २०८० बिहीबार २०:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।