संकटमा परेका लघुवित्तको व्यवस्थापन सम्हाल्दै राष्ट्र बैंक, सुपर लघुवित्तका लागि माग्यो संयोजक

संकटमा परेका लघुवित्तको व्यवस्थापन सम्हाल्दै राष्ट्र बैंक, सुपर लघुवित्तका लागि माग्यो संयोजक

काठमाडौं : नेपाल राष्ट्र बैंकले संकटमा परेको लघुवित्तको व्यवस्थापनको काम सम्हाल्न थालेको छ।

बैंकले तुलसीपुरको सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजकसहित दुई पदको लागि दरखास्त आह्वान गरेको छ।

समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका लागि राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग छनोट समितिको सचिवालय, बालुवाटारले आज दरखास्त माग गरेको हो।

शैक्षिक योग्यता र अनुभव पुगेका व्यक्तिहरूले साउन ३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।

​​​​​​​

असार १४, २०८० बिहीबार १४:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।