चक्रपथमा ट्याक्सी तथा ढुवानी गाडीको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : ट्याक्सी तथा ढुवानी गाडीका चालकहरुले बिहीबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
ट्याक्सी, ट्यांकर, ट्रक लगायत ढुवानी गाडीका चालक तथा व्यवसायीले विभिन्न माग राख्दै आज चक्रपथमा प्रदर्शन गरेका हुन्।
उनीहरुले गाडीको २० वर्षे म्याद खारेज गर्नुपर्ने, रातो प्लेटले यात्रु बोक्ने नीति हटाउनु पर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने, ट्याक्सी स्टेन्डको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन्।
असार १४, २०८० बिहीबार १२:४१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।