५७ अंकले उकालो लाग्यो नेप्से, ३५ कम्पनीमा सर्किट

५७ अंकले उकालो लाग्यो नेप्से, ३५ कम्पनीमा सर्किट

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन बजार परिसूचक नेप्से ५७ अंकले उकालो लागेको छ।

मंगलबार नेप्से ५६.९४ अंकले उकालो लागेर २१८६.३६ विन्दुमा पुग्दा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४१२.५१ विन्दुमा पुगेको छ।

उपसूचक समूहहरूमा पनि बढोत्तरी आएको छ। उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहबाहेक अन्य सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा बढी बैंकिङ समूह ३.९३ प्रतिशतले उकालो लागेको छ।

बजार राम्रैसँग उकालो लाग्दा कारोबार रकममा पनि वृद्धि आएको छ। यसदिन २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भयो।

यसदिन ३५ भन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेका छन्। कारोबारका हिसाबले स्वाभलम्बन लघुवित्त २५ करोड १२ लाखसहित पहिलो स्थानमा हुँदा शिवम् सिमेन्ट २२ करोड ६३ लाखसहित दोस्रो स्थानमा छ।

असार १२, २०८० मंगलबार १५:११:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।