गुगलपछि लिंक्डइन नेपालमा भयो दर्ता

गुगलपछि लिंक्डइन नेपालमा भयो दर्ता

काठमाडौँ : सामाजिक सञ्जाल लिंक्डइन नेपालमा दर्ता भएको छ। नेपालमा दर्ता हुने सूचना प्रविधिमा आधारित बहुराष्ट्रिय कम्पनीमा यो दोस्रो हो। यस अगाडि गुगल दर्ता भइसकेको छ।

लिंक्डइन माइक्रोसफ्ट अन्तर्गतको बहुराष्ट्रिय कम्पनी हो। आन्तरिक राजश्व कार्यालयका अनुसार  दुई साता अगाडि यो डिजिटल सेवा कर तिर्ने गरी दर्ता भएको हो।

नेपालमा दर्ता हुने यस्ता कम्पनीले आफ्नो कारोबार रकमको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत डीएसटी तिर्नुपर्ने कानुनी व्यवस्था छ।

गुगल गत वैशाखमै नेपालमा दर्ता भइसकेको छ। लिंक्डइन विभिन्न पेसाकर्मीमाझ चर्चित छ। रोजगारी खोज्नेदेखि लिएर आफ्नो पेसाका अनुभवी र विज्ञहरूसँग डिजिटल सम्बन्ध विस्तार गर्न यो सामाजिक सञ्जाल  प्रभावकारी भएकाले पेसाकर्मीमाझ लोकप्रिय देखिन्छ।

असार ११, २०८० सोमबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।