‘कर्पोरेट पे’को रेकर्डब्रेक कारोबार

‘कर्पोरेट पे’को रेकर्डब्रेक कारोबार

काठमाडौं : अनलाइन डिजिटल भुक्तानी प्रदायक ‘कर्पोेरेट पे’ले एक महिनामा रेकर्डब्रेक कारोबार गरेको छ।

चालु आर्थिक वर्षको जेठ महिनामा कम्पनीले ५० अर्बभन्दा बढीको कारोबार गरेको विज्ञिप्तमार्फत जनाएको छ।

यो रकम कर्पोरेट पे सञ्चालनमा आएको माघ २०७७ देखिको सबैभन्दा धेरै मासिक कारोबार रकम हो।

गत आर्थिक वर्ष कुल १०९ अर्ब ५० करोड बराबरको भुक्तानी करोबार गरेको कम्पनीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४२१ अर्बभन्दा बढीको कारोबार गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्नसक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बढेको कम्पनीले जनाएको छ।

हाल ४७ बैंक तथा वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणाालीमा ७ हजार ७ सयभन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएका छन्।

असार ११, २०८० सोमबार १७:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।