सेयर बजारमा दोहोरो अंकको सुधार, ५ अर्बमाथिको कारोबार

काठमाडौं : साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।
साताको पहिलो दिन ६२ अंकको वृद्धि भएको बजारमा सोमबार ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा चढेको छ। यस्तै सेन्सेटिभ परिसूचकमा ३.६६ अंकले वृद्धि भएर ३९९.११ विन्दुमा पुगेको छ।
तेह्रमध्ये पाँच उपसूचक समूह सामान्य घट्दा आठ समूहमा हरियाली छाएका छन्। बढेकामध्ये पनि सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३.९९ प्रतिशतले उकालो लागेको छ।
बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने हिजोभन्दा केही घटेको छ। आइतबार साढे ६ अर्बको कारोबार हुँदा सोमबार २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँको कारोबार भयो।
कारोबार रकमको हिसाबले शिवम् सिमेन्ट सबैभन्दा बढी ४२ करोड, सोल्टी होटलको २७ करोड र हिमालयन डिस्टिलरीको २२ करोडको कारोबार भयो। यसदिन हिमालयन लाइफ इन्स्योरेन्स, वीपीडब्लु लघुवित्त र सिटी होटल र सिभिल लघुवित्त गरी चार कम्पनीले सकारात्मक सर्किट हाने।
असार ११, २०८० सोमबार १५:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।