#Exclusive video : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम
काठमाडौँ : दिल्लीको एक व्यक्तिगत अपार्टमेन्टमा पैसै-पैसाले भरिएको फ्ल्याट छ। जसमा छन्, दुई हजार अनि एक सय भारतीय रूपैयाँ।
धन व्यवस्थापन गर्न सक्रिय गिरोहले फ्ल्याटै भाडामा लिएर बसेका छन्, जसमा भारतीय नागरिकहरूसमेत संलग्न छन्। फ्ल्याटमा पुग्न सहज भने छैन। निकै चरणको सुरक्षा घेरा पार गरेपछि मात्रै पैसा राखेको स्थानमा पुग्न सकिन्छ।
त्यहाँ पुग्दा आँखा नै तिरिमिरी पार्ने दृश्य देखिन्छन्। बैंक हो या व्यक्तिगत अपार्टमेन्ट छुट्याउनै कठिन। दिल्लीको यहि अपार्टमेन्टमा आफूसँग भएको रकम व्यवस्थापन गर्न अहिले केही नेपालीहरूको भिड लाग्ने गरेको छ। स्थान नखुलाउने सर्तमा यी सबै सामग्री तयार भएकाले नयाँ दिल्लीको कुन स्थान हो अनि यसमा संलग्न को-को हुन् भन्ने विषय यो समाचारमा खुलाइएको छैन।
असार १०, २०८० आइतबार २३:२४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।