सात दिन पर सर्‍यो यु-१६ लिग

सात दिन पर सर्‍यो यु-१६ लिग

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी जुलाई १५ बाट यु–१६ लिग सुरु गर्ने भएको छ।

एन्फा र ए डिभिजन क्लबबीच आइतबार बसेको बैठकले एन्फा यू–१६ लिग जुलाई १५ बाट सुरु गर्ने निर्णय गरेको हो।

यसअघि तय भएको ८ जुलाईमा विभिन्न विद्यालयमा परीक्षा पर्ने भएकाले लिगको मिति सारिएको एन्फाले जनाएको छ।

क्लबहरू जुन २७ सम्म दर्ता भइसक्नुपर्नेछ भने खेलाडी दर्ताको अन्तिम मिति जुलाई ९ तोकिएको छ। लिगका खेलहरू जुलाई १० मा ड्र हुनेछन्।

खेल शुक्रबार वा शनिबार वा सार्वजनिक बिदामा खेलाइनेछ।

एन्फाले लिगका लागि सहभागी प्रत्येक क्लबलाई तयारीका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउनेछ।

असार १०, २०८० आइतबार १७:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।