ह्वात्तै उकालो लाग्यो नेप्से, ६ अर्ब ४९ करोडको कारोबार

ह्वात्तै उकालो लाग्यो नेप्से, ६ अर्ब ४९ करोडको कारोबार

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन नेप्से ह्वात्तै उकालो लागेको छ।

यसदिन नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ विन्दुमा पुगेको छ।

बजार बढेको दिन उपसूचक समूहमा पनि बढोत्तरी आएको छ। सबैभन्दा धेरै जीवन बीमा समूह ७.७९ प्रतिशतले बढ्दा त्यसपछि निर्जीवन बीमा ६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकम पनि आज ६ अर्बभन्दा माथि लागेको छ। यस दिन २७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाखको कारोबार भयो।

कारोबारको हिसाबले सबैभन्दा बढी शिवम् सिमेन्टले ४९ करोड ९० लाखको कारोकार गर्दा दोस्रोमा रहेको सोल्टी होटलले ३८ करोड ९० लाख र तेस्रो स्थानमा रहेको हिमालय डिस्टिलरीले २४ करोड ३८ लाखको कारोबार गर्यो।

यसदिन सात वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो।

असार १०, २०८० आइतबार १५:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।