लियो क्लब अफ काठमाडौं, टोखाले दियो अभिभावक अभिमुखीकरण तालिम

काठमाडौं : लियो क्लब अफ काठमाडौं, टोखाले स्मार्ट प्यारेन्टिङ्ग नेपालको प्राविधिक सहयोगमा ‘स्मार्ट प्यारेन्टिङ्ग’ विषयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
शनिवार सम्पन्न कार्यक्रममा स्मार्ट प्यारेन्टिङ्ग नेपालका प्रशिक्षकद्वय अंशु सिंह र भारती अधिकारीले श्रोत व्यक्तिको रुपमा कसरी बालबालिकाहरुलाई अभिभावकहरुले स्मार्ट तरिकाले हुर्काउन सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरे।
सरस्वती सेकेन्डरी स्कुल टोखामा भएको उक्त कार्यक्रममा स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा श्रोत व्यक्तिहरुले किशोर अवस्थामा बालबालिकाहरुमा हुने शारीरिक , मानसिक तथा भावनात्मक परिवर्तनको बारेमा बताएका थिए। यो उमेरका बालबालिकाहरुलाई हुर्काउने बेलामा अभिभावकहरुले उनीहरुको परिवर्तित स्वभाव र चाहनालाई बुझेर सो अनुरूप व्यवहार गर्नुपर्ने बताए।
कार्यक्रममा उनीहरुले चार अभिभावकिय शैलीको पनि चर्चा गरे। उक्त कार्यक्रमका मुख्य अतिथिको रुपमा सहभागी भएका लियो क्लब अफ काठमाडौं, टोखाका ओर्जिनल प्रेसिडेन्ट शुशीला श्रेष्ठले लियो क्लब अफ काठमाडौं, टोखाले सधैं समाजमा नवीन विषयवस्तुहरुको बारेमा समाजलाई जानकार गराइराख्ने परम्परालाई कायम गरेको बताइन्।
स्मार्ट प्यारेन्टिङ्ग नेपालका सह-संस्थापक कबिन्द्र नापितले बालबालिकाहरुको समष्टिगत विकासको लागि अभिभावकिय शिक्षा प्रचार प्रसार गर्ने उद्देश्यलाई साथ दिएकोमा लियो क्लब अफ काठमाडौं, टोखालाई धन्यवाद दिए।
असार १०, २०८० आइतबार १३:३३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।